ページの先頭です。 メニューを飛ばして本文へ

本文

国際交流員コラム2026.8

10 人や国の不平等をなくそう16 平和と公正をすべての人に17 パートナーシップで目標を達成しよう
ページID:0046764 更新日:2026年8月10日更新 印刷ページ表示

コラム:शुभ लाभ(シュブ ラァヴ)「幸運を」

テーマ:夏の楽しみ 【गर्मीको रमाइलो】

いよいよ夏本番となってきました。皆さんは、夏をどのように楽しんでいますか。
私にとって、日本の夏といえば海、花火大会、そして夏祭りです。泳ぐことはできませんが、青い海を眺めながら砂浜で水遊びや砂遊びをするのが好きです。夜空いっぱいに咲く大きな花火を見る時間も、夏ならではの楽しみです。夏祭りの屋台には、おいしそうな食べ物がたくさん並び、見て回るだけでわくわくします。(食べすぎてしまうこともありますが(笑)。)
食べ物では、みずみずしくて甘いスイカ、暑い日に食べるアイスやかき氷、さっぱりとした冷やし中華など、夏ならではのおいしいものがたくさんあります。

一方で、私が生まれ育ったネパールの地元では、夏は日本ほど蒸し暑くはありません。地域にもよりますが、朝晩は比較的過ごしやすく、木陰に入ると心地よい風を感じることができます。
そんなネパールの夏になると、私の頭に真っ先に浮かぶのは、子供の頃によく通ったジュース屋さんです。私が通っていた学校の近くには、小さなジュース屋さんがありました。お昼休みや学校帰りに、母や伯母が学校まで迎えに来てくれて、一緒にそのお店へ行くのが楽しみでした。学校で過ごした疲れも、「おいしいジュースが飲める」と思うだけで吹き飛んでいました。
お店にはたくさんの果物が並び、注文を受けてから作るできたてのジュースやラッシーが人気でした。甘いサトウキビジュース、マンゴージュース、グアバジュース、そしてシェイク。どれも新鮮な果物を使っているので、香りも味も格別でした。

特に大好きだったのは、バナナラッシーです。ネパールのバナナラッシーは、濃厚なヨーグルトに完熱した甘いバナナを加え、砂糖やハチミツで甘みをつけ、さらにカルダモンなどのスパイスを加えて作る伝統的なヨーグルトドリンクです。カルダモンは爽やかな香りがアクセントになり、日本では味わえない、どこか懐かしい味がします。
そして、私がいつも夢中になって見ていたのが、サトウキビを搾る機械です。太いサトウキビが機械に吸い込まれ、ゴーッという音を立てながらゆっくりと搾られていく様子は、何度見ても飽きることがありませんでした。搾りたてのサトウキビの甘い香りと、店いっぱいに広がる果物の香りが混ざり合い、その空間にいることで幸せな気持ちになったことを、今でもよく覚えています。

家でよく飲んでいた夏の定番もあります。それが「ニンブ・パニ」です。暑い日に友達と外で遊んで帰ってきたとき、家にジュースがないと、「じゃあ、ニンブ・パニを作ろう!」となることがよくありました。子供でも簡単に作れる飲み物で、ライムやレモン、水、ヒマラヤ山の岩塩、少し砂糖、そして「チャットマサラ」というスバイスミックスを加えて混ぜ、最後に氷を入れれば出来上がりです。チャットマサラは、クミンやコリアンダー、ブラックソルト、乾燥マンゴーパウダーなどを合わせた、インドやネパールで親しまれている調味料で、爽やかな酸味とスパイスの風味が特徴です。暑さで疲れた体にぴったりの一杯です。

夏休みになると、父や母の故郷へ帰省するのも毎年の楽しみでした。親戚の家では、「モヒ」をよく飲ませてもらいました。モヒは、ヨーグルトからバターを作った後に残る液体、またはヨーグルトを水に薄めて作るネパールの伝統的な飲み物です。伝統的に作られたモヒは冷たく、さっぱりとした酸味があります。また、白いバターの小さな粒が残っているため、少しクリーミーな味わいと独特の香りが楽しめます。私はその味と香りが大好きです。今でも、あの素朴でやさしい味を思い出すと、また飲みたくなります。

今、日本で夏を過ごしていると、あのジュース屋さんの香りや景色をふと思い出します。どんなにおしゃれなカフェで飲むジュースも、子供の頃に家族と一緒に飲んだ一杯にはかないません。飲み物そのもののおいしさだけではなく、家族と過ごした時間や友達と遊んだ思い出、夏の風景までもが、その一杯に詰まっているからだと思います。日本の夏も、ネパールの夏も、それぞれ違った魅力があります。これからも日本の夏の楽しみをたくさん増やしていきたいと思います。

      banana lassi mohi

                  【バナナラッシー】              【モヒ】

sugar cane lemon water

       【サトウキビ】             【ニンブ・パニ】

अब त साँच्चै को गर्मी मौसम सुरु भइसकेको छ। तपाईंहरू गर्मीको यो मौसमलाई कसरी मनाउँदै हुनुहुन्छ?
मेरो लागि भने जापानको गर्मी भन्नेबित्तिकै समुद्र, पटाका महोत्सव (हानाबी), र गर्मीका जात्राहरू (नाच्चु माचुरी) को सोच आउँछ। मलाई पौडी खेल्न त आउँदैन, तर नीलो समुद्र हेर्दै बालुवामा पानी र माटोसँग खेल्न औधी मन पर्छ। रातिको आकाशभरि फैलिएका पटाकाहरू हेर्ने समय पनि यो मौसमको एउटा छुट्टै आनन्द हो। जात्राका स्टलहरूमा लहरै राखिएका मीठा-मीठा खानेकुराहरू देख्दा मात्रै पनि मन उत्सुकताले भरिन्छ (अलि बढी नै खाइन्छ पनि, हाहा)।
खानेकुराको कुरा गर्दा, रसिला र गुलीया तरबुजा, गर्मी दिनमा खाइने आइसक्रिम र 'खाकिगोरी' (बर्फको गोला), अनि शीतल गराउने 'हियाशी चुका' (चिसो चाउचाउ) जस्ता गर्मीमा खाइने धेरै मीठा पकवानहरू पनि छन्।

अर्कोतर्फ, म हुर्केको नेपालको मेरो गाउँ- ठाउँको गर्मी  जापानमा जस्तो बफ्याउने र उकुसमुकुस चाहिँ छैन। क्षेत्र अनुसार फरक परे पनि बिहान-बेलुकाको समय तुलनात्मक रूपमा बस्न आरामदायी छ र रूखको छायामा बस्दा चिसो हावाको आनन्द लिन सकिन्छ।
नेपालको यस्तै गर्मीको मौसम सम्झँदा मेरो दिमागमा सबैभन्दा पहिले सानोमा धाइरहने जुस पसलको याद आउँछ। म पढ्ने विद्यालय नजिकै एउटा सानो जुस पसल थियो। खाजाको ब्रेकमा वा छुट्टी भएपछि आमा वा फुपू मलाई लिन आउनुहुन्थ्यो, अनि सँगै त्यो पसलमा जानु मेरो लागि ठूलो खुसीको कुरा हुन्थ्यो। दिनभरि स्कुलमा पढेर लागेको थकाइ पनि "अब मीठो जुस खान पाइन्छ" भन्ने सोचले नै हराएर जान्थ्यो।
पसलमा थरीथरीका फलफूलहरू सजाइएका हुन्थे, र अर्डर गरेपछि तुरुन्तै बनाएर दिइने ताजा जुस र लस्सी धेरै लोकप्रिय थिए। गुलीयो उखुको रस, आँपको जुस,  बेलौतीको जुस र सेक्हरु—सबै ताजा फलफूलबाट बनाइने हुनाले तिनको बासना र स्वाद निकै बेग्लै हुन्थ्यो।

विशेष गरी मलाई 'बनाना लस्सी' (केराको लस्सी) असाध्यै मन पर्थ्यो। नेपालको बनाना लस्सी भनेको बाक्लो दहीमा पाकेको गुलीयो केरा, चिनी वा मह, अनि सुकुमेल जस्ता मसला मिसाएर बनाइने एउटा परम्परागत पेय पदार्थ हो। सुकुमेलको ताजा सुगन्धले यसमा छुट्टै स्वाद थप्छ, जुन जापानमा चाख्न पाइँदैन र यसले कता-कता पुराना दिनको याद दिलाउँछ।
अनि, म जहिले पनि टोलाएर हेरिरहने भनेको उखु पेल्ने मेसिन हो। मोटा-मोटा उखुका लाक्राहरू मेसिनभित्र पस्दै 'घुर्ररर' आवाज निकालेर बिस्तारै पेलिएको दृश्य म जति पटक हेरे पनि अघाउँदैनथेँ। ताजा पेलेको उखुको गुलीयो बासना र पसलभरि फैलिएको फलफूलको महक मिसिँदा त्यहाँ उभिनु मात्रै पनि एउटा छुट्टै खुसीको अनुभूति हुन्थ्यो, जुन म अझै पनि सम्झन्छु।

घरमा पनि गर्मीमा धेरै खाइने एउटा सामान्यत पेय पदार्थ हुन्थ्यो—त्यो हो 'निम्बु-पानी'। गर्मीको दिनमा साथीहरूसँग बाहिर खेलेर घर फर्कँदा जुस नभए , "ल , निम्बु-पानी बनाऔँ!" भनेर लागिपर्थ्थे । यो बालबालिकाले पनि सजिलै बनाउन सक्ने पेय हो। कागती, पानी, हिमाली बिरे नुन, अलिकति चिनी, अनि 'चाट मसला' मिसाएर चलाएपछि अन्त्यमा बरफका टुक्रा हालेपछि यो तयार हुन्छ। चाट मसला भनेको जिरा, धनियाँ, बिरे नुन, र अमचुर (सुकेको आँपको धुलो), आदि  मिसाएर बनाइएको नेपाल र भारतमा प्रख्यात मसला हो, जसको अमिलो र मसलेदार स्वाद नै यसको मुख्य विशेषता हो। गर्मीले गलेको शरीरको लागि यो एकदमै उपयुक्त पेय हो।

गर्मीको बिदा भएपछि बाबा-आमाको जन्मथलो (गाउँ) जाने पनि हरेक वर्षको अर्को उत्साह हुन्थ्यो। आफन्तको घरमा पुगेपछि मलाई 'मोही' खुब खुवाउनुहुन्थ्यो। मोही भनेको दहीबाट नौनी निकालेपछि बाँकी रहने मोही वा दहीमा पानी मिसाएर पातलो बनाइने नेपालको परम्परागत पेय हो। परम्परागत शैलीमा पारिएको मोही चिसो र हल्का अमिलो स्वादको हुन्छ। साथै, त्यसमा नौनीका साना-साना दानाहरू तैरिरहेका हुने भएकाले अलिकति क्रिमी र विशिष्ट बासना आउँछ। मलाई त्यो स्वाद र बासना औधी मन पर्छ। अहिले पनि त्यो सादा र मीठो स्वाद सम्झँदा फेरि पनि पिउन मन लाग्न थाल्छ।

अहिले जापानमा गर्मी बिताइरहँदा मलाई अचानक त्यो जुस पसलको बासना र दृश्यहरूको याद आउँछ। जुनसुकै आधुनिक वा फेसनदार क्याफेमा पिएका जुसहरू पनि सानोमा परिवारसँग बसेर पिएको त्यो एक गिलास जुसको अगाडि फिका लाग्छन्। किनभने त्यो स्वाद पेय पदार्थको मात्र नभई, परिवारसँग बिताएका पलहरू, साथीहरूसँग खेलेका यादहरू र गर्मी यामका दृश्यहरू समेत त्यो एक गिलासमा भरिएका हुन्थे। जापानको गर्मी होस् या नेपालको, दुवैका आफ्नै बेग्लाबेग्लै आकर्षणहरू छन्। म आगामी दिनहरूमा पनि जापानको गर्मीका यी रमाइला क्षणहरूलाई अझ बढाउँदै लैजान चाहन्छु।